Thursday, May 7, 2020

कम्पनी दर्ता प्रमाणपत्र मिल्यो ? ढुक्क नहुनुहोस्, काम अझै बाँकी छ है !




कम्पनि सम्बन्धि सबै गतिविधि नियमन गर्न नेपालमा कम्पनी ऐन, २०६३ लागु छ । नेपालमा कुनै पनि कम्पनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्न्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा गर्नुपर्छ । दर्ता प्रमाणपत्र पाउन केही कागजातहरु कम्पनि रजिष्टारकै कार्यालयमा बुझाउनुपर्छ । company registration process

कम्पनि दर्ता पछि के गर्ने ?

कम्पनि दर्ता के गर्नुपर्छ र के चाहिन्छ भन्ने सम्पूर्ण कुरा यहाँ Link उल्लेख छ तर कम्पनि दर्ताको प्रमाणपत्र पाउने बित्तिकै सबैकुरा सकियो भन्ने हुँदैन । कम्पनी दर्ता भएपछिको १ बर्षभित्र कम्पनी ञ्चालकहरुले गर्नुपर्ने प्रमुख कार्यहरु हामी बताउछौँ । यदी कम्पनी संस्थापना भैसक्यो भने त्यसको ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी कम्पनि रजिष्टारको कार्यालयलाई दिनु पर्छ । कम्पनी संस्थापना भएको आर्थिक वर्ष भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गर्नुपर्छ । र त्यको एक महिना भित्र त्यो लागत पेश गर्नु पर्छ । सञ्चालक समिति गठन भएको जानकारी पनि गराउनुपर्छ ।

सञ्चालक समिति, अडिटर नियुक्ति र साधारण सभा

संचालक समिति गठन गरेर कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार गरेर ७ दिन भित्र पेश गर्नुपर्छ । कम्पनी संस्थापना भएको पहिलो पटकको लागि एक बर्षभित्र बाषिर्क साधारण सभा गरी सक्नु पर्छ । सो पश्चात आ.व. समाप्त भएको ६ महिना भित्र हरेक बर्ष बाषिर्क साधारण सभा गर्नु पर्छ । यसरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र सो को बिवरण कार्यालयमा पेश गर्नु पर्छ ।

कम्पनी ऐन २०६३ को दफा ५१(३) को बिवरण प्रत्येक बर्ष बाषिर्क साधारण सभा हुनु भन्दा १ महिना अघि तयार गरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र कार्यालयमा पेश गरी सक्नु पर्दछ । कम्पनी संस्थापना भएको आर्थिक वर्षको लागि संचालक समितिले अडिटर नियुक्त गर्नुपर्छ । सो पश्चात प्रत्येक आ.व.को लागि बाषिर्क साधारण सभाले अडिटर नियुक्ति गरी नीजको पारिश्रमिक निर्धारण गर्ने र नियुक्तीको जानकारी १५ दिन भित्र कार्यालयलाई दिनुपर्छ । 

अडिट रिपोर्ट पेश गर्नुपर्छ

नियुक्त अडिटरबाट पेश भएको सम्वन्धीत आ.व.को अडिट रिपोर्ट बाषिर्क साधारण सभाले अनुमोदन गरी पौष मसान्त भित्र पेश गर्नुपर्छ ।बाषिर्क साधारण सभाले सामान्यतया गत आ.व. को अडिटरको रिपोर्ट अनुमोदन गर्ने, बाषिर्क नीति कार्यक्रम अनुमोदन गर्ने, र आगामी आ.व.को लागि अडिटरको नियुक्ति गर्नुपर्छ ।

नियमावली संसोधन साधारण सभाबाट मात्र

प्रबन्धपत्र एवं नियमावलीको कुनै दफा वा नियम संशोधन गर्नु परे साधारण सभा/ बिशेष साधारण सभाबाट बिशेष प्रस्ताव पारित गरी गर्नु पर्छ र ३० दिन भित्र पेश गर्नु पर्छ ।

एकल शेयर धनि भए एकल निर्णयले नै काम चल्छ

एकल शेयरधनी भएको कम्पनीको हकमा एकल निर्णयले मात्र माथिका व्यवस्थाहरु कार्यान्वयन गर्न सकिन्छ । माथि उल्लेखित जस्ता बिवरणहरु समयमा नै तयार गरी तोकिएको समय भित्र कार्यालयमा पेश नगरे ऐनको दफा ८१ बमोजिमको जरिवाना लाग्छ ।

No comments:

Post a Comment