Quotes by Rejin

Author

Begins here...!!!

➽  यदि लक डाउन अरु 10/15 दिन थपिनु हो भने
गाउँघर मा खसी,बोका र लोकल कुखुराको नामो निसान
मेटिने रैछ।🤣😁

#फुर्सदिला_गाउँले_हामी

➽ अन्तत:चिनियाँ राष्ट्रपतीले कोरोनाको
रहस्य खुलाएका छन्,

उनले भनेका छन कि : “न्याओ,
टाओकोङ चोङ सि फुआङ
फ्वाङ सो सि ! से से”

➽ फेरि कुनचैं ले हल्ला चलायो कार्कीलाई कोरोना लाग्दैन भनेर, 🤔
एउटीले मलाई पनि कार्की बनाईदिनु परो भनेर हैरान।

➽कुनै मान्छे यस्ता हुन्छन्
न उनीहरूले हाम्रो केही बिगारेका हुन्छन्
न हामीले उनीहरूको केही बिगारेका हुन्छौं

तैपनि देख्दै
टाउको फोड्दिउँ जस्तो रिस उठ्छ

➽ लुगा किन्दा र केटिसगँ बोल्दा
मन पर्यो त भन्नै नहुने ,
अचानक भाउ बढिहाल्ने रहेछ ! 

➽ LockDown फेरि थपिएछ,
अब YouTube मा हेरेर एउटा पिलेन
बनाउँछु र अस्ट्रेल्याँ मा अलपत्र
गरिब नेपालीलाई स्वदेश फर्काउँछु.. !!

➽ गाउँका बुढाखाडाले फेसबुकमा friend request पठाउछन्,
लौन त गर्दिम भनेर request accept गर्यो ४,५ दिन पछि password/id सबै बिर्सिदारहेछन अनि फेरी नँया id बनाएर request पठाउछन अनि फेरी accept गर्यो.....
यस्तै कार्यक्रम चलिरहेको छ..!! 

➽ कुकरको सिट्टी बज्दा त डराएर छिमेकी ले पुलिस बोलाई दिने देशमा छौ हामी..
थाल ठट्टाएर कोरोना भगाउन के पाईएला र....!!

➽ विदेश बसेर
"सब पाखण्डी देखासिखी गरे नेपालीले"
भन्दै लेक्चर हान्नुजति सजिलो केहि छैन।🙄
घर मा तिम्री आमाले हिजो दियो बालेर तिम्रो
भलाईको कामना गरिन् तिमी विदेशमा सुरक्षित रहन सक भनेर ...!!

➽राहत बाँड्न सबै राहत सामाग्री जुटाइयो,
अन्तिममा Dslr क्यामेरा नभएर काम रोकियो। 

➽ कुखुराको "के जाती" दलेर आँखाको आनो
निको पार्ने नेपालीले ढिलोचाँडो कोरोनाको
दबाइ पनि पक्कै निकाल्छन।


➽ राहतको नाममा कुहिएको रासन आइपुग्यो ?
नआत्तिनुस्..

१. मजाले धोइ पखाली गर्नुस्..!
२. ठुलो भाँडामा हालेर भात पकाउनुस्..!
३. केही बेर सेलाउन दिनुस्..!
४. त्यस पछि मर्चा हालेर जाँड बनाउनुस्..!
५. ४/५ दिन पछि खान लाई रेडी हुन्छ अनि त्यही जाँड खाई खाई दिन रात सरकार लाई सराप्नुस..!!

➽ कालो काङ्ग्रेसलाई मध्यावधि चुनाव चाहिएको छ,
अहो....! देश लुट्न कत्रो हतार हो.......??

➽ मास्क लगाएर चिया पिउनुको फाइदा,
चिया छानिरहनु पर्दैन..!!

➽ अब चैं मोबाईललाई पनि कोरोना लागे जस्तो छ,
१०४° भन्दा बेसि तात्या छ..!!

➽ “जहिल्यै काम-काम! म त केही हैन है ?”
भन्ने श्रीमतीहरु अहिले श्रीमानसङ्ग पक्कै पनि खुशी होलान् ।।

➽ एउटी गर्लफ्रेन्ड चाहिएको थियो,
खोजिदिने जिम्मा सेनालाई दिनुपर्छ कि क्या हो ।

➽ यसरी नै लकडाउन लम्बिदै जाने हो भने
शनिबारले आफ्नो इज्जत गुमाउने पक्का छ।

➽ हालसम्म कोरोना टेस्ट = ११८५
प्रतिदिन गरेको टेस्ट = १६
जनसँख्याको १% ~ ३ लाख मात्रको टेस्ट गर्ने हो भने यो दर मा लाग्ने समय ~ ५१ बर्ष
एक पर्सेन्टमा पर्दा पनि मेरो पालो 'चौरासी पुजा' गरेपछी पनि न आउने रैछ।

➽ “देउवाले पनि छानबीनको माग गरेछन,
देउवाले सम्म छानबीनको माग राख्ने गरि त के भ्रष्ट्राचार गरेको होला यी झ्यांक्नेहरुले” ।

➽ म प्रत्येक दिन बिहान उठ्दा यो सोचेर उठ्छु,

“यो दिन मेरा लागि अन्तिम दिन हो। बाँचेर केही गर्नका लागि म सँग १४४० मिनेट मात्र छ। आज कसैको कुभलो गर्दिन, कसैको चित्त दुखाँउदिन, कसैलाई चोट पुर्याउने काम गर्दिन। जीवन छोटो छ, कसैलाई चोट, दु:ख, घृणा गरेर बस्नका लागि म सँग समय नै छैन। मेरा लागि एक मिनेट खेर फाल्नु भनेको पुरै साठ्ठी सेकेण्ड गुमाउनु सरह हो।”

धन्यवाद ।

➽ यतिखेर भारतमा व्यापक रुपमा फैलिदैछ कोरना। यस्तो हालतमा भावनामा बगेर भारतबाट आउने सबै नेपालीलाई नेपाल ल्याँउदा एक त सरकारको क्षमताले सबैलाइ क्वारेनटाइनमा राख्न सक्दैन, अर्को खुल्ला छोड्दा गाउँ गाउँ बस्ती बस्तीमा कोरना पुग्छ। बाँकि त तपाँई आफै जान्ने हुनु हुन्छ भावनामा बगेर उफ्रिनमा।

जो जहाँ छ त्यँहि बसौं..!!

➽ खासमा नेपालमा कोरोनाले कति गोल हानेको हो?
एक गोल झेलि भ​यो भ​न्दै छ​न त​ रेफ्रिहरु..??

➽ कुन चैं म्याकुरी ले कुरा काटेर घाँटी खसखस हुँदा पनि
कोरोना जस्तो लाग्छ आज्कल।
➽ नेताले देशलाई Switzerland बनाउछौं भन्थे..
बनाएनन्,
तर अबुझ/हरामखोर जनताले Italy बनाउने भए !!

➽ लकडाउन हेर्न चोकसम्म
गईयो, खासै लकडाउन
जस्तो देखिएन।

➽ नेपाल बन्द जस्तो लागेछ कि क्या हो नेपालीलाई यो लकडाउन भन्या,
पाँच बजेपछि चहलपहल छ त अचम्म !!

➽ लकडाउन मा बस्दा भुइँचालो गयो भने बाहिर निस्किन पाइन्छ कि नाइ?
जान्ने बुझ्नेहरु के भन्नु हुन्छ..??

➽ घरमा छोराछोरीले खालान् भनेर LockDown को समेत प्रवाह नगरी
यो किनेर ल्याएँ,🙄

घर आइपुगेपछी पो याद आयो:
मेरो त बिहे समेत भएकै छैन भनेर!!

➽ "घरमा बसेर सुतेर जिउ दुख्या भए
मात्र बाहिर जानुस ,
राेड राेडमा police ले
massage center खोलेर बस्या छन"

➽ यसपाली चैते दशैंमा घटस्थापना देखि नै बिदा थ्यो..
सायद तिहारसम्म नै हुन्छ होला..!!

➽Dear Ex,
mask लाएर हिड्ने गर..
care गरेको हैन तेरो थुतुनो हेर्न मन छैन

रुसमा पुटिनले ८०० बाघ सडकमा छोडेका थिए,
यो त पक्कै पनि हल्ला मात्रै थियो!
तर नेपालमा भेँडाहरु सडकमा घुमिरहेका छन, यो खबर चाहिँ पक्का हो !

➽नाम त नभनौंएकजना साथीलाई कोरोनाको शंका लागेर चेक
गर्न गको रे HIV पोजेटिभ
देखियो भन्ने कुरो सुन्नमा आयो..!

 साउनी साबुन छ.... ???
छ बाबु..!!
राम्रो खाल्को छ ...???
हजुर छ.!!
कोरोना भाइरस को किटाणु मार्छ नि....??
मार्छ हौ , कति वटा दिम ..???
हो त्यो साबुनले हात धोएर , 20 को भोला दिनु त..!!


➽ कहिल्यै फेसबुकमा फोटो like गरेनौ..
कहिल्यै story हेरेनौ, post मा react गरेनौ..
मेन्सन गर्नेलाई जवाफ दिन आबश्यक ठानेनौ..
ठूला भनिएका मान्छे बाहेक अरुका post मा आँखा सम्म लगाएनौ..
किनकी.. तिमीहरुलाई बडप्पन देखाउनु थियो..!!
अनि अहिले आएर मेरो profile मा छिरेर पुरातात्विक महत्व बोकेका फोटोहरु धमाधम boost गरेर सार्बजनिक गरीराखेका छौ।
हेर त जिन्दगीले कुन मोड लियो?
आखिर के रछ त जिन्दगी..??

➽ हिजो सम्म लाग्थ्यो कति कमाउने कति बचाउने कति रमाइलो गर्ने,
तर आजबाट लाग्नथालो आँफु कति बाँच्ने अनि अरुलाई कसरी बचाउने !!

➽ जर्मनीका अर्थराज्यमन्त्रीले कोरोना भाइरसको चिन्ताले आत्महत्या गरेका छन्।
केहि सिकौं नेता ज्यू..

➽ बिदेशबाट आउनुभएका आदरणीय दाजुभाइ दिदीबहिनीहरु !तपाइहरु प्रती हाम्रो प्रगाढ माया र उच्च सम्मान छ।तपाइँहरुको श्रमको प्रतिफलले देश बाचिरहेको छ।अझै देश बचाउन तपाइहरुको अहम भुमिका र जिम्मेवारी छ। बिना संकोच क्वारेन्टाइनमा बसिदिनुस।तपाइहरु पनि सुरक्षित अनि तपाइको परिवार पनि सुरक्षित।

➽ April fool मनाउनु को पनि हद हुन्छ नि यार, भर्खरै एउटा ले फोन गरेर “ओई म त मरिसकेँ यार” रे..!!

➽ यस्पाली चैं कसैले अमेरिका, फ्रान्स, बेलायत जाँदैछु भनेर अप्रिल फुल मनाउदैनन् जस्तो छ,
अघिल्लो साल त हेरि सक्नु थिएन..!!

➽ महामुर्खलाई मुर्ख दिवसको शुभकामना।
तपाँई पहिलेदेखि नै मुर्ख हुनुहुन्छ, अरुले मुर्ख बनाउन खोज्दैमा पुनः मुर्ख नबन्नुहोस।
#HappyAprilFoolsDay

➽ लक डाउनले गर्दा यति धेरै सुतिएछकी
एउटै सपना पनि ३-४ पटक देख्न थालिसकेँ।🙄

➽ अब त नेपालमा लकडाउन खोल्दिएपनि हुने नि
त्यही ५ जना बाहेकलाई
कोरोना नलाग्ने पक्कापक्की भो,
सामान्य ज्वरो र रुघाखोकीले
मर्नु अलग कुरो हो....।

➽ लकडाउनको उल्लंघन गर्नेलाई नपिटौं, बरु पखाला चल्ने औषधी खुवाएर पठाऔं - घर पनि बस्छ, हात पनि धुन्छ कि !!

➽ जिन्दगी देखि हार खाँदै थिए
फेरि निस्तै के खानु भनेर
मासु लेर आँए आज....।

➽ करोडौँ को हेलिकप्टर चढ्ने हाम्री राष्ट्रपति ले
कोरोना कोषमा रकम जम्मा गर्न तिलहरी बेचिन् रे,
यो लक डाउन मा कुन चै सुन पसल खुल्ला थियो बे..??

➽ यो Quarantine शब्द Corona आएपछि मात्र थाहा पाको हो नि,
नत्र पहिला पनि त म यसरी नै बस्दा सबैले मलाई बेरोजगार भन्थे..!!

➽ मलाई आजभोलि यहि एउटै कुराको डर छ,
कतै “मेरो हस्तरेखामा लेखिएको तिम्रो नाम”
साबुन पानीले हात धुँदाधुँदै जाने त हैन?

➽ हात मिलाउँदा कोरोना सर्छ,
नमस्कार गर्दा च्यापिएर मर्छ..!!

➽ यत्तिका दिन सम्म घर भित्रै बसेर मात्र के गर्नु भनेर आज बिहान भरी लगाएर बारी खनियो,
बुवाले त्यहाँ सात दिन अगि मकै छरीसक्नु भको रैछ। पुलिसले हान्ने भन्दा बढी भाटा भेटियो..!!


No comments: