Tuesday, May 5, 2020

लकडाउनको अवधि थपिने लगभग पक्का पक्की । पूर्ण रुपले पढ्नुस ।

लकडाउनको अवधि थपिने लगभग पक्का पक्की ।


कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनका कारण कोरोना रोकथाममा सहयोग पुगेको भन्दै यसलाई जारी राख्ने निर्णय गरेको हो । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकले लकडाउनको समय थप्ने निर्णय गरेको हो ।

तर कति दिनलाई थप्ने भन्ने बुधबारको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले पनि किसानले खेती गर्ने र आफ्ना उत्पादन बजारसम्म पुर्याउने काम गर्न पाइरहेको, कलकारखाना चलेको र अत्यावश्यक काम नरोकिएकोले लकडाउनलाई अहिलेकै मोडालिटीमा लम्ब्याउने तयारी गरिएको हो ।

No comments:

Post a Comment