Wednesday, June 10, 2020

लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, भोलिदेखि के-के खुल्न पाउने?




सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण भोलि बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ।

पहिलो चरणमा खुल्ने सेवा र कार्य:

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

निम्न सेवा र कार्यमा भने लकडाउन जारी रहनेछ:

१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)

३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०) खेलकुद प्रतियोगता र खेल मैदानमा हुने प्रस्तुति

११) पहिलो चरणमा खुल्ने भनिएका माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।

माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरसको संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ।

दोस्रो चरणमा खुल्ने सेवा र कार्यहरू निम्न छन्:

१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)

२) एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३) ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी)

४) रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)


स्वदेशी उत्पादनमा स्याङ्जाका युवक सरद बस्यालको सुरुवात : स्वदेशी अचार

स्वदेशी उत्पादनमा स्याङ्जाका युवक सरद बस्यालको सुरुवात : स्वदेशी अचार

हालको परीस्थिती र खाली समयको सदुपयोग गर्दै गाउँ घरको स्थानीय र मौसमी फल आँपको अचार उत्पदन मा लागेका छन । 

बस्याल ईन्डियामा केहि बर्षदेखी काम गर्दै आइरहेका थिए । साल २०१९ को सेप्टेम्बरमा फर्किए यता स्वदेशमै केहि गर्ने भनेर लागी परेका छन । नेपाल फर्किएता उनले देश मै व्यबसाय मुलक स्वेदेशी उत्पादन  गर्न सकिने अनुसन्धान र खोज गरी रहेका छन । 
Swadeshi Achaar

सुरुमा, स्थानीय अचार भन्ने ब्रन्ड नामले सुरुवात गर्ने र स्वदेशी र अर्गेनिक उत्पादन गरेर अगाडी बढ्ने उनले बताएका छन । उहाको साझेदारी रहेको कम्पनी मर्ट अन वेब नेपाल प्रा. लि.(MartonWeb Nepal Pvt. Ltd.) मार्फत सो उत्पादनहरु लाई बजारिकरण हुने बताएका छन ।       

Saturday, June 6, 2020

डुम्स डे (Doomsday) :प्रलयका दिनहरु

डुम्स डे (Doomsday) :प्रलयका  दिनहरु

The dates 4/4, 6/6, 8/8, 10/10, and 12/12 all fall on the same day of the week every year (This year, they all fall on a Saturday). They're called Doomsdays.

डुम्स डे (Doomsday) :प्रलयका  दिनहरु

Doomsday:
The Doomsday rule is an algorithm of determination of the day of the week for a given date. It provides a perpetual calendar because the Gregorian calendar moves in cycles of 400 years. The algorithm for mental calculation was devised by John Conway in 1973,[1][2] drawing inspiration from Lewis Carroll's perpetual calendar algorithm.[3][4][5] It takes advantage of each year having a certain day of the week upon which certain easy-to-remember dates, called the doomsdays, fall; for example, 4/4, 6/6, 8/8, 10/10, 12/12, and the last day of February all occur on the same day of the week in any year.

Thursday, June 4, 2020

संसारको सबै भन्दा फोहोरी मन्छे जस्ले ६६ वर्ष नुहएका थिएन : The world’s dirtiest man who has not taken his bath in 66 years



संसारको सबै भन्दा फोहोरी मन्छे जस्ले ६६ वर्ष नुहएका थिएन


86-year-old Iranian, Amou Haji is the world’s dirtiest man who has not taken his bath in 66 years since he was 20.

Haji lives the most primitive life, as his favourite food is rotten meat of dead animals especially porcupines.

Although he smokes 5 cigarettes at a time, his most valuable possession is a three-inch steel pipe which he uses to smoke animal dung with.

Haji hasn’t showered since 1954 and thinks that he would become ill after taking a bath. However, he cuts his hair by burning it off with fire.

Interestingly, Haji is single and looking for love.

लकडाउन खुकुलो हुने देखी सम्पूर्ण खुल्ने । सीसीएमसीले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना ।

लकडाउन खुकुलो हुने देखी सम्पूर्ण खुल्ने । सीसीएमसीले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना ।

लकडाउन खुकुलो हुने देखी सम्पूर्ण खुल्ने । सीसीएमसीले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना ।

पहिलो चरण
हालको लकडाउन सकिएपछिको २ हप्तालाई पहिलो चरणको रुपमा लिइएको छ । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोलिने उल्लेख छ । कृषिमा दुध, अन्नबाली, तरकारी, फलफुल, सम्पूर्ण कृषिजन्य उत्पादनको कार्य आशिंक खोल्ने प्रस्ताव छ ।

तर, सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी काय गरी संचालन गर्नुपर्ने हुन्छ । त्यसको रेखदेख गर्न भने स्थानीय निकाय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, परिस्थिति जटिल बन्दै गए स्थानीय प्रशासनको निर्णयमा सेनासमेत खटिने उल्लेख छ । असार १ गतेपछि आंशिक रूपमा हवाइ उडान सुरु गर्ने प्रस्ताव छ ।
यस्तै, दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने प्रस्ताव छ । तर, अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाईराख्ने भएको छ ।

दोस्रो चरण
पहिलो चरणको अनुभवका आधारमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने । यस्तै, जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिने । तर, धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, व्युटि पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णरूपमा बन्द गर्ने ।

तेस्रो चरण
दोस्रो चरणमा खुल्ने सबैसहित निजी सवारी साधन सञ्चालन गर्न दिने । सवारी साधान सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा निजी सवारी साधन व्यवस्थापन गर्ने । लामो दूरीका सार्वजनिक यातायात तथा हवाइ उडान सेवा पनि सुरु गर्ने ।

चौथो चरण
तेस्रो तहको लकडाउनको मूल्याङ्कन गरी २ हप्ता थप गर्ने, संक्रमितको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ । यो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्ने उल्लेख छ । बाह्य उडान भने आशिंक रुपमा चल्न दिने योजना छ ।

पाँचौ चरण
चौथो चरणको स्वरुपको मुल्याङ्कन गरी दुई हप्तालाई पाँचौ चरण मानिएको छ । यो चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू, सूचना तथा संचार, बैकिंङ् तथा वित्तिय संस्था, खेलकुद, धार्मिक स्थल, सरकारी तथा निजी कार्यालय संचालन गर्ने । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम गर्नेलगायत सबै खुला गर्ने ।

लकडाउन खुकुलो गर्दा आइपर्ने ६ चुनौतिको प्रक्षेपण
सीसीएमसीले ६ चुनौतीको प्रक्षेपण गर्दै लकडाउनको स्वरुप परिवर्तनको खाँचो देखाएको हो । प्रक्षेपणअनुसार सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने उल्लेख छ ।

भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरूको चाप बढ्ने, गैर नेपालीहरूको आवामगन बढेर सुरक्षा चुनौती थपिन सक्ने प्रक्षेपण यसमा गरिएको छ । स्वास्थ्य क्षेत्रमा कामको चाप बढ्न जाने, स्वास्थ्य सामग्रीलगायत जनशक्तिमा कमी हुन जाने पनि सीसीएमसीको प्रक्षेपण छ । बढ्दो संक्रमण र समुदायस्तरमा समेत संक्रमण फैलिएकाले कुनै पनि बेला भयावह स्थिति सिर्जना हुनेसक्ने आकलन छ ।
यसबाहेक चहलपहल बढ्दै जाँदा संक्रमणको मात्रा बढ्न सक्ने खतरा देखाइएको छ । यसैगरि वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्कंदा तत्काल थप क्वारेन्टाइनको व्यवस्था र रोजगारीलगायत खाद्य सामग्रीको आपूर्तिमा असर पर्ने पनि सीसीएमसीको प्रक्षेपण छ ।